+
+
Shares

दमन्ता खनाल स्मृति स्रस्टा सम्मान तिवारी आमालाई

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ९ गते १८:४४

९ वैशाख, काठमाडौं। ‘दमन्ता खनाल स्मृति स्रष्टा सम्मान’ द्वारा तिवारी आमा (लक्ष्मी तिवारी) सम्मानित भएकी छिन् ।

नेपाल स्रष्टा समाजद्वारा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठ, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, संरक्षक पवन आलोक लगायतले उक्त सम्मान तिवारी आमालाई समर्पण गरे ।

नगद २० हजार १ सय ११ नगद, सम्मानपत्र र दोसल्ला सहितको उक्त सम्मान लोकगीत सर्जक, गायिका तिवारीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठले गाउँघरका दिदीबहिनी पनि प्रतिभावान हुन्छन् भन्ने ज्वलन्त उदाहरण लक्ष्मी तिवारी भएको बताइन् ।

तिवारी मौलिक लोकगीत गायन र सिर्जनामा सक्रिय छिन् । समाजका विकृति र विसंगति विरुद्ध जुध्ने स्वभावकी उनी गीत, कविता तथा सिलोकमार्फत प्रस्तुत गर्ने गर्छिन् । तीज गीतहरूमा परदेशिएका नेपालीका पीडा उनले उजागर गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?