+
+
Shares

५ भन्सार बिन्दुबाट हुन्छ ९३ प्रतिशत निर्यात

वीरगञ्ज भन्सारबाट ६५ अर्ब ५१ करोड बराबर वस्तु निर्यात भएको छ । जुन कुल निर्यातको ३४.८१ प्रतिशत हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ९ गते १९:२८
फाइल तस्वीर

९ वैशाख, काठमाडौं । नेपालका पाँच भन्सार बिन्दुबाट ९३ प्रतिशतभन्दा माथि निर्यात हुने गरेको देखिएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (साउन–चैत) अवधिमा कुल १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको छ ।

प्रमुख पाँच भन्सारबाट वस्तु अधिक निर्यात हुने गरेको छ । वीरगञ्ज भन्सारबाट ६५ अर्ब ५१ करोड बराबर वस्तु निर्यात भएको छ । जुन कुल निर्यातको ३४.८१ प्रतिशत हो । विराटनगर भन्सारबाट ४८ अर्ब ४२ करोड ४५ लाख बराबर वस्तु निर्यात भएको देखिएको छ । जुन २५.७३ प्रतिशत हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार बिन्दुबाट २६ अर्ब ८२ करोड बराबर वस्तु निर्यात भएको छ । यो १४.२५ प्रतिशत हो । त्यस्तै मेची भन्सार बिन्दुबाट १९ अर्ब ५५ करोड बराबरको वस्तु निर्यात भएको छ । जुन १०.३९ प्रतिशत हो ।

यस्तै भैरहवा भन्सार बिन्दुबाट १४ अर्ब २२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको देखिन्छ । जुन ७.५६ प्रतिशत भएको भन्सार विभागले जनाएको छ ।

१० भन्सार बिन्दुबाट शून्य निर्यात

नेपालका २८ भन्सार बिन्दुबाट यस वर्ष अन्तर्राष्ट्रिय व्यापार भएको देखिएको छ । यसमध्ये १० भन्सार बिन्दुबाट कुनै पनि वस्तु निर्यात नभएको तथ्यांकले देखाएको छ ।

शून्य निर्यात हुनेमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समेत छ । पोखरा अन्तर्राष्ट्रिय भन्सार बिन्दुबाट भने यस वर्ष कुनै आयात/निर्यात भएको छैन ।

चीनतर्फका दुई नाका तातोपानी र रसुवागढीका भन्सार बिन्दुबाट समेत तुलनात्मक रूपमा निर्यात उत्साहजनक देखिँदैन । विभागको तथ्यांक अनुसार तातोपानीबाट शून्य निर्यात र रसुवागढीबाट १ अर्ब ८१ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । जुन ०.९७ प्रतिशत हाराहारी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?