
तनहुँ। प्रहरीले ४ महिनाको शिशु हत्या आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नवलपरासी सुस्ता पूर्व बैदिकाली गाउँपालिका–२ की ३६ वर्षीया कमला परियार रहेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक (डीएसपी) अशोक थापाका अनुसार ती महिलाले ४ महिनाका छोरा अर्जुन परियारको ढुङ्गा प्रहार गरेकी हुन् ।
डीएसपी थापाले माइती जाँदै गर्दा महिलाले बालकलाई घाइते बनाएको र रामपुर अस्पताल, पाल्पा पुर्याएपछि राति ९:३० बजे मृत्यु भएको हो ।
पक्राउ परेका महिलामाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप अनुमति लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4