+
+
Shares

४७ सहसचिवको सरुवा (सूचीसहित)

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार ४७ सहसचिवको सरुवा गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ९ गते २१:२५

९ वैशाख, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४७ जना सहसचिवको सरुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) हरूको सरुवा गरेको हो ।

सचिवमा बढुवा भएकी चन्द्रकला पौडेलको स्थान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बलराम रिज्याललाई पठाएको छ । रिज्याल यसअघि गृह मन्त्रालयमा थिए । गृह मन्त्रालयमा कार्यरत भीष्मकुमार भुसाललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रालयबाट झलकराम अधिकारीलाई बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइएको छ । उनी अध्यागमन विभागका महानिर्देशक रहँदा सुन तस्करी प्रकरणमा विवादित बनेपछि तानिएका थिए ।

सरकारले सहसचिव रुद्रबहादुर कार्कीको लोक सेवा आयोगमा सरुवा गरेको छ भने यज्ञ पुरीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कामकाजका लागि खटाइएको छ ।

रोशन ज्ञवालीको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा हुँदा मोतिराम सापकोटालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लुम्बिनी प्रदेशमा कामकाजमा खटाइएको छ ।

मुक्तिराम अर्यालको लोकसेवा आयोगमा सरुवा गरिएको छ । यस्तै, सहसचिव मुकेश डंगोललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा काजमा खटाइएको छ ।

यस्तो छ, सरुवाको सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?