+
+
Shares

भारतको जम्मु–कश्मिरमा पर्यटकमाथि हमला, कम्तीमा २६ को मृत्यु

भारतको जम्मु–कश्मिरको पहलगाममा चरमपन्थीहरूले गोली हानेर कम्तीमा २६ पर्यटकको ज्यान लिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ९ गते २२:१२

९ वैशाख, काठमाडौं । भारतको जम्मु–कश्मिरको पहलगाममा पर्यटकमाथि चरमपन्थी हमला भएको छ । हमलामा कम्तीमा २६ पर्यटकको ज्यान गएको छ । थुप्रै घाइते भएका छन् ।

भारतीय अधिकारीहरूका अनुसार बन्दुकधारीहरूले गोली प्रहार गरेर पर्यटकहरूको हत्या गरेका हुन् ।

जम्मु–कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले यो आक्रमणलाई पछिल्ला वर्षमा आम नागरिकमाथि भएको ठूलो हमला भनेका छन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार केही घाइतेलाई उपचारका लागि अनन्तनागमा रहेको सरकारी मेडिकल कलेजमा भर्ना गरिएको छ ।

जम्मु–कश्मिरका स्वास्थ्यमन्त्री सकिना इटुका अनुसार अस्पतालमा भर्ना गरिएकामध्ये एकको अवस्था गम्भीर रहेको छ ।

जम्मु–कश्मिर घाटीमा पर्यटकहरूको आगमन हुने मुख्य सिजनमा चरमपन्थीहरूले आक्रमण गरेका हुन् । पहलगाम पर्यटकहरूका लागि लोकप्रिय मानिन्छ । यहाँ हरियाली घासे मैदान र नीला तालमा रमाउन यहाँ प्रत्येक वर्ष थुप्रै पर्यटक आउने गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई आतंकवादी हमला भनेका छन् । उनले हमलामा संलग्नलाई सरकारले नछाड्ने उनको भनाइ छ ।

जम्मु–कश्मिरका मुख्यमंत्री उमर अब्दुल्लाहले घटनापछि दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘म स्तब्ध छु, आगन्तुकहरूमाथि भएको यो आक्रमण अत्यन्त निन्दनीय छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?