+

केएल राहुल र अभिषेक पोरेलको अर्धशतकमा दिल्लीको छैटौं जित

२०८२ वैशाख  ९ गते २३:१४ २०८२ वैशाख ९ गते २३:१४
केएल राहुल र अभिषेक पोरेलको अर्धशतकमा दिल्लीको छैटौं जित

९ वैशाख, काठमाडौं । केएल राहुल र अभिषेक पोरेलले अर्धशतक बनाएपछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा छैटौं जित निकालेको छ । मंगलबार दिल्लीले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले हराएको हो ।

लखनउले दिएको १६० रनको लक्ष्य दिल्लीले १७.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । केएल राहुलले अविजित ५७ रन तथा अभिषेक पोरेलले ५१ रन बनाए । कप्तान अक्षर पटेल ३४ रनमा अविजित रहे । लखनउका लागि दुवै विकेट एइडेन मार्क्रमले लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएको थियो । एइडेन मार्क्रमले ५२ तथा मिचेल मार्शले ४५ रन बनाए । आयुष बदोनीले ३६ रन बनाए ।

सुरुवाती १० ओभरमा १ विकेट गुमाएर ८७ रन बनाएपनि फिनिसिङ फितलो हुँदा लखनउले च्यालेन्जिङ योगफल खडा गर्न सकेन ।

दिल्लीका मुकेश कुमारले ४ ओभरमा ३३ रन दिएर ४ विकेट लिए । मिचेल स्टार्क र दुस्मान्था चमीराले १-१ विकेट लिए ।

यस जितसँगै दोस्रो स्थानको दिल्लीको ८ खेलमा १२ अंक भएको छ भने ९ खेलमा १० अंक भएको लखनउ पाँचौं स्थानमा छ ।

आईपीएल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय