+

ओल्मोको गोलमा बार्सिलोनालाई ७ अंकको अग्रता

२०८२ वैशाख  १० गते १०:४३ २०८२ वैशाख १० गते १०:४३
ओल्मोको गोलमा बार्सिलोनालाई ७ अंकको अग्रता

१० वैशाख, काठमाडौं । डानी ओल्मोको एक मात्र गोलमा लिग लिडर बार्सिलोनाले स्पानिस ला लिगामा मायोर्कालाई १-० ले पराजित गर्दै ७ अंकको अग्रता बनाएको छ ।

घरेलु मैदानमा गएराति भएको खेलमा बार्सिलोनाका लागि ओल्मोले दोस्रो हाफ सुरु भएको ४१ सेकेण्डमै गोल गरेका थिए । पहिलो हाफमा २४ सट प्रहार गर्दा पनि गोल गर्न नसकेको बार्सिलोनाका लागि ओल्मोको त्यही गोल ३ अंक दिलाउन पर्याप्त बन्यो ।

मायोर्काका गोलकिपर लियो रोमनले केही उत्कृष्ट बचाउ गर्दा बार्सिलोनाले अग्रता बढाउने अवसर गुमाएको थियो ।

जितपछि बार्सिलोनाले ३३ खेलबाट ७६ अंक जोडेको छ । एक खेल कम खेलेको रियल मड्रिड ६९ अंकसहित दोस्रो स्थानमा छ ।

रियल मड्रिडले बुधबार गेटाफेसँग खेल्दैछ र अंक दूरी कम बनाउने अवसर छ ।

स्पेनिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय