+
+
Shares

भिल्लालाई हराउँदै सिटी तेस्रो स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १० गते १०:४४

१० वैशाख, काठमाडौं । माथेउस नुनेजले इन्जुरी टाइममा गोल गरेपछि म्यानचेष्टर सिटीले प्रिमियर लिगमा एस्टन भिल्लाई २-१ ले पराजित गरेको छ । यो जितपछि सिटी अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ र अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना कायम राखेको छ ।

घरेलु मैदानमा एतिहाड स्टेडियममा भएको खेलमा बर्नार्डो शिल्भाले सातौं मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । मार्कुस रासफोर्ड १८औं मिनेटमा पेनाल्टीमार्फत एस्टन भिल्लाका लागि बराबरी गोल फर्काए ।

बराबरीतर्फ उन्मुख खेलको इन्जुरी टाइमको चौथो मिनेटमा नुनेजले जेरेमी डोकुको पासमा गोल गर्दै सिटीलाई महत्वपूर्ण जित दिलाए ।

जितपछि सिटी ३४ खेलबाट ६१ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । चौथो स्थानको नटिङहम फरेस्टको ६० र पाँचौ स्थानको नयुकासल युनाइटेडको ५९ अंक छ । तर सिटीले एक खेल बढी खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?