१० वैशाख, काठमाडौं । विराटनगरमा यही वैशाख १३ गतेदेखि मनमोहन मेमोरियल (एम एम) कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता विराटनगरस्थित बैजनाथपुर क्रिकेट रंगशालामा २० गतेसम्म सञ्चालन हुनेछ ।
यस प्रतियोगिताले विगतमा जस्तै नेपालको क्रिकेट विकासमा अझ टेवा पुग्ने आयोजकको विश्वास रहेको छ। नेपाली क्रिकेटको विकास र स्तरोन्नतीका लागि स्थापना कालदेखीनै नेपालमा कमै मात्रामा हुने ५० ओभरको क्रिकेटमा २०७५ सालमा एम.एम. कपको पहिलो संस्करण सुनसरीको इनरुवा रंगशालामा सफलता पूर्वक सम्पन्न भएको थियो।
नेपालका सात प्रदेशका टोली, ३ विभागीय टोली,भारत विहारको १ टोली तथा आयोजकको १ टोली गरी उक्त प्रतियोगितामा जम्मा १२ टोलीले सहभागीता गरेका थिए । जसमा त्रिभुवन आर्मी क्लब पहिलो संस्करणको विजेता भएको थियो भने नेपाल पुलिस क्लब उपविजेता रहेको थियो ।
त्यसैगरी २०७६ सालमा इनरुवामै भएको दोस्रो संस्करणमा ७ प्रदेश, ३ विभागीय,आयोजक टोलीका साथै नेपालमै पहिलो पटक घरेलु प्रतियोगितामा मलेसियाको राष्ट्रिय टोली समेत यसै प्रतियोगिता मार्फत सहभागिता जनाएको थियो । दोस्रो संस्करणको विजेता पनि त्रिभुवन आर्मी क्लब नै रहेको थियो ।
प्रतिक्रिया 4