+
+
Shares

अञ्जु पन्तलाई ‘दशक गायिका’ सम्मान, छोरीलाई ‘न्यु ट्यालेन्ट अवार्ड’

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १० गते ११:३८

काठमाडौं । गायिका अञ्जु पन्तलाई ‘दशक गायिका’को रुपमा सम्मान गरिएको छ । केही दिनअघि काठमाडौंमा भएको क्यापिटल अवार्डमा उनलाई नेपाली संगीत क्षेत्रमा तीन दशकदेखि निरन्तर पुर्‍याएको योगदानको कदर गर्दै ‘नेसनल क्यापिटल अनर अवार्ड २०८१’ प्रदान गरिएको हो ।

उनलाई उपसभामुख इन्दिरा रानाले अवार्ड प्रदान गरिन् । नेपाली सुगम संगीत र पाश्र्वगायनमा विशिष्ट पहिचान बनाएकी अञ्जुले आठ हजार भन्दा बढी गीतमा स्वर दिएकी छिन् । ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ गजल उनको करिअरको ‘सिग्नेचर सङ’ हो ।

अञ्जु हाल गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’को निर्णायकको भूमिकामा छिन् । यसैगरी रंगकर्मी तथा मोडल परितोषिका पन्तले ‘न्यु ट्यालेन्ट क्यापिटल अवार्ड’ प्राप्त गरेकी छिन् । परितोषिका अञ्जुकी छोरी हुन् ।

आमा अञ्जु पन्तले संगीत गरेको ‘धेरै माया नदेऊ मलाई’ गीतको भिडियोमार्फत परितोषिकालाई उक्त अवार्ड प्रदान गरिएको हो । यो गीतमा उनको डेब्यु अभिनय हो । त्यसपछि अन्य केही गीतमा पनि उनले अभिनय गरिसकेकी छिन् । परितोषिकाले मण्डला थिएटरबाट अभिनयको प्रशिक्षण लिएकी हुन् ।

अवार्ड प्राप्त गरेपछि परितोषिकाले खुसी साट्दै भनिन्, ‘यो अवार्डले मलाई अझै राम्रो काम गर्न हौसला मिलेको छ । अहिले पनि केही नयाँ प्रोजेक्टहरू गरिरहेको र आगामी दिनमा झनै मेहनत गर्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?