+
+
Shares

प्रधानमन्त्रीलाई सोबिताले भनिन्- यो तपाईंको नेतृत्व हैन, अक्षमता हो

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १० गते १४:३०

१० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वप्रति प्रश्न उठाएकी छिन् ।

देशभरका शिक्षकहरूको आन्दोलन र विभागीय मन्त्रालय खाली रहेको अवस्थामा प्रधानमन्त्रीले बालुवाटारबाट ‘एक्लै शो’ चलाएको बताउँदै उनले प्रधानमन्त्रीको सक्षमतामाथि प्रश्न उठाएकी हुन् ।

‘देशभरि आन्दोलन छ, मन्त्रालय खाली छ,’ सांसद गौतमले भनेकी छिन्, ‘र, तपार्यं एक्लै शो चलाउँदै हुनुहुन्छ । नेतृत्व हैन यो, असक्षमता हो ।’

साथै, उनले शिक्षकको आन्दालन चुलिएको अवस्थामा प्रधानमन्त्रीले एकोहोरो आदेश बर्सारहेको भन्दै आक्रोश पोखेकी छिन् ।

‘अन्ततः प्रधानमन्त्रीको ठाडो आदेशमा कक्षा १२ को परीक्षा सारिएको छ । शिक्षक आन्दोलन चुलिएको छ,’ सांसद गौतमले भनेकी छिन्, ‘मन्त्रीले राजीनामा दिनुपर्‍यो अनि प्रधानमन्त्री चाहिँ बालुवाटारबाट ठाडो आदेश बर्साइरहनुभएको छ । विद्यार्थीको भविष्य बलिको बोका, शिक्षकको आवाज मुठ्ठीमा, अनि दुई ठूला दलको “कुशलता” हेरेर जनताले ताली पिट्नुपर्ने होला, हैन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?