+
+
Shares

तीनकुने घटना : थप १३ जनालाई हाजिरी जमानीमा छाडियो

उनीहरू भाटभटेनी तोडफोड हुँदा भुईंका स्याउ, सुन्तला टिप्नेहरू रहेको प्रहरीले बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १० गते १४:५१

१० वैशाख, काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ थप १३ जनालाई हाजिरी जमानीमा रिहा गरिएको छ ।

जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको हिरासतमा रहेका थप १३ जनालाई हाजिरी जमानीमा हिरासत मुक्त गरिएको हो । यसअघि यही घटनामा पक्राउ परेका आठ जनालाई हाजिरी जमानीमा छाडिएको थियो ।

योसँगै हाजिरी जमानीमा हिरासत मुक्त हुनेको संख्या २१ पुगेको छ । उनीहरूलाई हाजिरी जमानीमा हिरासतमुक्त गरिए पनि अनुसन्धान भने अघि बढ्ने बताइएको छ ।

बयान लगायतको काम सकिएको हिरासतमा राखिराख्नुपर्ने अवस्था नदेखिएकाले हाजिरी जमानीमा छाडिएको परिसरका एक अधिकृतले बताए ।

यद्यपी उनीहरुविरुद्ध भने काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर हुने बताइएको छ । मुद्दा दायर भएपछि उनीहरूलाई प्रहरीले सोझै अदालतमा उपस्थित हुनेगरी छाडेको हो । हिरासतमुक्त गरिएको सबै आपराधिक उपद्रवको कसुरको आरोपितहरू हुन् ।

उनीहरू भाटभटेनी तोडफोड हुँदा भुईंका स्याउ, सुन्तला टिप्नेहरू रहेको प्रहरीले बताएको छ ।

प्रहरीले अहिलेसम्म यो केशमा ८५ जनालाई पक्राउ गरेर अदालतबाट म्याद लिएर अनुसन्धान गरेको छ । जसमध्ये २१ जना हिरासतमुक्त रहेकाले अहिले परिसरको हिरासतमा रहनेको संख्या ६४ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?