+
+
Shares

कर्मचारी परिचालन गरेर कक्षा १२ को परीक्षा गर्ने निर्णय भएको थिएन : परीक्षा बोर्ड

‘शिक्षकको उपस्थिति विना परीक्षाको कल्पना गरेको छैन’

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १० गते १५:०१

१० वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कर्मचारी परिचालन गरेर कक्षा १२ को परीक्षा सञ्चालन गराउने निर्णय नभएको स्पट पारेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले शिक्षकको उपस्थिति बिना परीक्षाको कल्पना नगरिएको बताए ।

मंगलबार बिहान बोर्डको बैठकपछि कर्मचारी परिचालन गरेर परीक्षा सञ्चालन गर्ने भनेर आएका समाचारप्रति अध्यक्ष शर्माले असन्तुष्टि जनाएका हुन् । बोर्ड बैठकपछि आफू पछिल्लो परिस्थितिबारे जानकारी गराउन माथिल्लो निकायमा गएको र त्यो बीचमा निराधार कुराहरू आएको अध्यक्ष शर्माले बताए ।

‘परीक्षाको विषयमा हिजो बिहान बोर्ड बैठक बस्यो । अस्तिसम्मको अवस्था ठिकै थियो । समस्या समाधान हुने लाइनमा थियो तर शिक्षामन्त्रीको राजीनमा आयो,’ अध्यक्ष शर्माले भने, ‘मन्त्री नभएपछि माथिल्लो निकायमा छलफल गर्नुपर्ने भयो । बोर्डको प्रस्ताव यस्तो छ भनेर सरकारका विभिन्न निकायमा पुगेँ । प्रधानमन्त्रीलाई भेटेर अपील निकाल्न ढिला भयो ।’

आफू बोर्ड बैठकबाट निस्किएर प्रधानमन्त्री ओलीसँग भेट गर्नुअघिको समयमा आएका कुराहरू निराधार रहेको टिप्प्णी उनले गरे ।

‘सरकारको विभिन्न निकायँग परिस्थितिबारे जानकारी गराएँ । मन्त्री नभएकाले प्रधानमन्त्रीसम्म पुग्नु पर्ने भयो । सूचना निकाल्न ढिला भयो । तर बीचमा कर्मचारी राखेर परीक्षा गर्न लागेको भन्ने खालको कुरा आयो त्यो निराधार हो । बोर्डले निर्णय नै गरेको छैन,’ अध्यक्ष शर्माले भने, ‘शिक्षकको उपस्थिति बिना परीक्षाको कल्पना नै गरेको छैन । परीक्षाको प्रश्नपत्र अनलाइनबाट पठाउँछौ । अनलाइनबाट पठाउँदा प्रधानाध्यापकसँग जोडिनुपर्छ । केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष हुन्छ । शिक्षकको विकल्प अर्को सोचोको थिएन ।’

पररीक्षाको प्रश्नपत्र निर्माणदेखि परीक्षा सञ्चालन, व्यवस्थापनक र उत्तरपुस्तिका परीक्षणको काम शिक्षकको भएकाले त्यो भन्दा बाहिर गएर बोर्डले परिकल्पना गर्न नसक्ने उनले बताए ।

राष्ट्रिय परीक्षा बोर्ड र आफ्नो नाम जोडिएर आएको विषयमा उनले खण्डनसमेत गरे ।

‘ट्रेड युनियनको विज्ञप्ति आएछ । सञ्चारमाध्यममा समाचार आएछ । बोर्डको र मेरो नाम जोडिएर आयो । दुःख लागेको छ,’ उनले भने, ‘परिस्थितिबारे सरकारलाई जानकारी गराउनु पर्ने भएकाले विज्ञप्ति निकाल्न ढिला भएको हो ।’

११ गतेका लागि तय भएको १२ कक्षाको परीक्षा शिक्षकको आन्दोलनका कारण गर्ने कि नगर्ने भन्नेमा अन्योल थियो । प्रधानमन्त्री केपी ओलीलाई अहिलेको परिस्थितिबारे जानकारी गराएपछि बोर्डले १० दिनका लागि परीक्षा सारेको छ । अब २१ वैशाखदेखि परीक्षा सञ्चालन गर्ने निर्णय बोर्डले गरेको छ ।

‘विद्यार्थीको परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ । पठनपाठन नियमित राख्न विद्यार्थीलाई अनुरोध छ । शिक्षक महासंघले राखेको मागमा सरकारसँग सहमति हुन्छ भन्ने विश्वास छ । अब तोकिएको परीक्षा सञ्चालन र व्यवस्थापनमा शिक्षकले सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?