+

महिला राष्ट्रिय भलिबलमा एपीएफको विजयी सुरुवात

२०८२ वैशाख  १० गते १६:५४ २०८२ वैशाख १० गते १६:५४
महिला राष्ट्रिय भलिबलमा एपीएफको विजयी सुरुवात

१० वैशाख, काठमाडौं । साविक विजेता एपीएफले आठाैं केएनपी नेरोल्याक महिला राष्ट्रिय भलिबल प्रतियोगिता २०८२ मा विजयी सुरुवात गरेको छ ।

राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा बुधबार भएको उद्घाटन खेलमा एपीएफले त्रिभुवन आर्मीलाई ३-० को सेटमा पराजित गरेको हो ।

एकपक्षीय बनेको खेफमा एपीएफले आर्मीलाई २५-२०, २५-१३, २५-१६ ले हरायो । पहिलो सेट प्रतिस्पर्धात्मक बनेपनि त्यसपछिका सेट एपीएफले सहजै जितेको थियो ।

शेर बहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा तीन विभागीय सहित ५ टिमको सहभागिता छ ।

आजै समूह बी मा रहेको नेपाल पुलिस क्लब र न्युडायमण्डबीच पनि खेल हुनेछ ।

महिला राष्ट्रिय भलिबल प्रतियोगिता २०८२
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय