+
+
Shares

प्रधानमन्त्रीसँग यूएईका उपप्रधानमन्त्रीको भेट

भेटमा दुुई देशबीचको आपसी मित्रवत सम्बन्धका विविध पक्षका साथै व्यापार र लगानीका विषयमा समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १० गते १७:१५
Photo Credit : प्रधानमन्त्रीको सचिवालय ।
प्रधानमन्त्री ओलीसँग भेट गर्दै यूएईका उपप्रधानमन्त्री एवं विदेशमन्त्री शेख अब्दुल बिन जायेद अल नाह्यान ।

१० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री एवं विदेशमन्त्री शेख अब्दुल बिन जायेद अल नाह्यानले बुधबार शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा दुुई देशबीचको आपसी मित्रवत सम्बन्धका विविध पक्षका साथै व्यापार र लगानीका विषयमा समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उपप्रधानमन्त्री नाह्यानले युएइका व्यावसायीलाई नेपालको पर्यटन, ऊर्जा, कृषि आदि क्षेत्रमा व्यापार र लगानी विस्तारका लागि प्रोत्साहन गर्ने बताए । नेपालको दुुई दिने भ्रमणका लागि मंगलबार काठमाडौं आएका उनले नेपालसँग स्वतन्त्र व्यापार सम्झौता गर्न आफूहरू तत्पर रहेको अवगत गराए ।

प्रधानमन्त्री ओलीले विकासको मार्गमा यूएईले गरेको तीव्र प्रगतिको प्रशंसा गर्दै नेपालमा जलविद्युत, हरित ऊर्जा, हाइड्रो इनर्जी आदि क्षेत्रमा लगानी विस्तारका लागि आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?