+
+
Shares

अब सिंहदरबारमा बोतल र जारको पानी बन्द गरिन्छ : मन्त्री यादव

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १० गते १७:१६

१० वैशाख, काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा अब बोतल र जारको पानी बन्द गरिने बताएका छन् ।

बुधबार (आज) सिंहदरबार भित्रमा मेलम्चीको खानेपानी वितरणका लागि विभिन्न ठाउँ एवं धारा निर्माण गर्ने क्षेत्रको स्थलगत अनुगमन पश्चात मन्त्री यादवले वर्षौंदेखि सिंहदरबारमा प्रयोग गरिँदै आएको जार र बोतलको पानी अब सदाका लागि अन्त गरिने बताए ।

‘सिंहदरबारमा वर्षौंदेखि प्रयोग हुँदै आएका जार, बोतलको पानी विस्थापित गर्ने लक्ष अनुसार काम अगाडी बढी रहेको छ । यहाँ चाडै मेलम्चीको शुद्ध खानेपानी वितरण हुन्छ,’ मन्त्री यादवले भने ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत यहाँका मन्त्रालयहरूमा मेलम्चीको पानी वितरण गर्नका लागि मन्त्री यादव सहितको टोलीले आज अनुगमन गरेको थियो ।

यही वैशाख अन्तिम साता सम्म सिंहदरबारमा मेलम्चीको सफा, शुद्ध पानी वितरण गरिने मन्त्री यादवले जिकिर गरे । ‘मेलम्चीको शुद्ध पानी उपलब्ध भएपछि सिंहदरबारमा हाल प्रयोग भइरहेको बोतल र जारको पानी क्रमशः विस्थापन गर्ने मेरो स्पष्ट योजना रहेको छ । शुद्ध पानी सबैको पहुँचमा पुर्‍याउन हामी एकजुट भई अघि बढ्नुपर्छ,’ मन्त्री यादवले भने ।

आजको उक्त अनुगमनमा मन्त्रालयका सचिव इञ्जिनियर प्रमिलादेबी शाक्य बज्राचार्य, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका (केयुकेएल) का प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेल लगायतका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?