+
+
Shares

६० हजार अमेरिकी डलरसहित विमानस्थलबाट भारतीय महिला पक्राउ

पक्राउ पर्नेमा भारतीय नागरिक ४० वर्षीया सोनी गुरुङ छिन् । उनलाई विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरी टोली बुधबार बिहान पक्राउ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १० गते १७:५२

१० वैशाख, काठमाडौं । ६० हजार अमेरिकी डलरसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतीय नागरिक ४० वर्षीया सोनी गुरुङ छिन् । उनलाई विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरी टोली बुधबार बिहान पक्राउ गरेको हो ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट उनी पक्राउ परेकी हुन् । उनीबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर ६० हजार १ सय बरामद गरिएको प्रहरीको भनाइ छ ।

इन्डिगो एयरको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेकी उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको सुटकेसबाट उक्त अमेरिकी डलर फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?