+
+
Shares

एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा होटल मेक्योरमा १५ प्रतिशतसम्म छुट

यो सम्झौतापछि एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताले यो छुट पाउन मेक्योर काठमाडौंमा आफ्नो एससीटी–यूपीआई कार्डमार्फत भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १० गते १८:५२

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) लिमिटेड र सुकेधारा हाइटमा रहेको पाँचतारे होटल मेक्योर काठमाडौंबीच एससीटी–यूपीआई कार्ड प्रयोगकर्तालाई होटलमा १५ प्रतिशतसम्म छुट हुने सम्झौता भएको छ ।

यस सम्झौतापछि एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताले यो छुट पाउन मेक्योर काठमाडौंमा आफ्नो एससीटी–यूपीआइ कार्डमार्फत भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ ।

ग्राहकहरूले एससीटी–यूपीआई कार्डमार्फत भुक्तानी गर्दा फुड र बेभरेज बिलमा १० प्रतिशत छुट तथा रुम महसुल दरमा १५ प्रतिशत छुट पाउनेछन् ।

कम्पनीका अनुसार रुम महसुलमा छुट पीओएसमा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ ।

एससीटीले हाल २१ बैंक तथा वित्तीय संस्था र १ सयभन्दा बढी सहकारी संस्थामार्फत एससीटी–यूपीआई कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबार प्रोत्साहन गर्ने उद्देश्य रहेको जनाएको छ ।

एससीटी–यूपीआई कार्ड नहुने ग्राहकले पनि यस अफरमा सहभागी हुन नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी–यूपीआई कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?