+
एनएसएल २०२५ :

धनगढीलाई हराउँदै पोखरा फाइनलमा, उपाधिका लागि ललितपुरसँग खेल्ने

२०८२ वैशाख  १० गते २०:१९ २०८२ वैशाख १० गते २०:१९
धनगढीलाई हराउँदै पोखरा फाइनलमा, उपाधिका लागि ललितपुरसँग खेल्ने

१० वैशाख, काठमाडौं । पोखरा थण्डर्स नेपाल सुपर लिग २०२५ को फाइनलमा प्रवेश गरेको छ ।

साविक उपविजेता धनगढी एफसीलाई क्वालिफायर टु मा १–० ले पराजित गर्दै पोखरा थण्डर्स नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको हो ।

दशरथ रंगशालमा बुधबार भएको खेलमा पोखराका लागि जित दिलाउन स्टेफेन समिर विनोङले इन्जुरी टाइममा गोल गरे ।

पोखरा पहिलो पटक एनएसएलको फाइनल पुगेको हो । अब पोखराले उपाधिका लागि आउने शनिबार साविक विजेता ललितपुर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर ।

धनगढी एफसी नेपाल सुपर लिग २०२५ पोखरा थण्डर्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय