+
+
Shares

अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव- रोकिएका परियोजना सम्पन्न गर्नेगरी बजेट ल्याउनुस्

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १० गते २१:१५

१० वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद बिनोद चौधरीले निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्नेगरी बजेट ल्याउन सुझाव दिएका छन् ।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्ने विषयलाई प्राथमिकतामा राख्न सुझाव दिएका हुन् ।

जुनसुकै क्षेत्रका निर्माण सम्पन्न नभएका परियोजनाहरू भएपनि त्यसलाई सम्पन्न गर्न उनले सरकारको विशेष ध्यानाकर्षण गराए ।

‘अर्थमन्त्रीज्यूलाई म भएका प्रोजेक्टहरूलाई कम्प्लिट बाटोमा जानुस् भन्छु । जतिसुकै अन–पपुलर हुनु परेता पनि कसैको पनि क्षेत्रमा एउटा सिद्धान्तमा आधारित इन कम्प्लिट प्रोजेक्टहरूलाई कम्प्लिट गर्ने मात्रै प्राथमिकतामा राख्नुस्,’ सांसद चौधरीले भने ।

५० करोड बराबरका परियोजनाहरू डिपीआर तयार भएर टेण्डर आह्वान हुँदा पनि एक करोडको बजेट मागेको उनले बताए ।

‘५० करोडका प्रोजेक्टहरू छन्, जसको डिपीआर बनेको छ, टेन्डर भएको छ, एक करोड बजेट माग्या छ । यस्ता म ५० औँ वटा उदाहरण देखाइदिन सक्छु । यस्तो प्रवृत्ति रोकिनुपर्‍यो । त्यो एक करोडको पनि सदुपयोग हुँदैन, त्यो प्रोजेक्ट कम्प्लिट हुने त कुरै भएन,’ सांसद चौधरीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?