+
+
Shares

कश्मिर घटनापछि भारतले खारेज गर्‍यो पाकिस्तानसँगको सिन्धु जल सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १० गते २१:४७

१० वैशाख, काठमाडौं । भारतले पाकिस्तानसँगको सिन्धु जल सम्झौता खारेज गरेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकले उक्त सम्झौता खारेज गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हिजो (मंगलबार) भारतको जम्मु–कश्मिरको पहलगाममा भएको आतकंवादी समूहको हमलापछि बुधबार साँझ बैठक बसेको थियो ।

उक्त हमलापछि साउदी अरबको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदी बुधबार मात्रै फर्किएका थिए ।

उनले उक्त हमला गर्ने समूहलाई नछाड्ने चेतावनी दिइसकेका छन् । मंगलबार पहलगाममा पर्यटकमाथि आतंकवादीहरूले २४ पर्यटकसहित २६ जनाको गोली हानेर हत्या गरेका थिए । घटनामा थुप्रै घाइते भएका थिए ।

यसअघि सन् २०१९ को फेब्रुअरीमा जम्मु–कश्मिरकै पुलवामा भएको आतकंकारी आक्रमणमा ४० भारतीय सैनिक मारिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?