+
+
Shares

पियोर इनर्जीको आईपीओ बाँडफाँट, १ लाख १९ हजारले पाए

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ११ गते ९:५९

११ वैशाख, काठमाडौं । पियोर इनर्जीको आईपीओ बाँडफाँट भएको छ । वैशाख २ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरिएको आईपीओ बिहीबार बाँडफाँट भएको छ ।

बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले एक कार्यक्रममार्फत आईपीओ बाँडफाँट गरेको हो । आईपीओमा कुल १८ लाख ४६ हजार ६६४ जनाको आवेदन स्वीकृत भएको थियो ।

उनीहरुलाई आईपीओ बाँडफाँटका लागि गरिएको गोलाप्रथाबाट बल नम्बर ८ छनोट भएको थियो ।  १ लाख १९ हजार ५२० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । कुल स्वीकृत आवेदनमध्ये सेयर पाउनेको संख्या जम्मा ६.४ प्रतिशत हो ।

बाँकी १७ लाख २७ हजार १४४ जनाको हात रित्तो भएको छ । कम्पनीले सर्वसाधारणका लागि कुल ११ लाख ९५ हजार २ सय कित्ताका आवेदन खोलेको हो । सोही सेयर बाँडफाँट गरिएको छ । यसको नतिजा केही बेरपछि सीडीएससीको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

कस्तो छ कम्पनी ?

पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना सञ्चालन गरिरहेको छ । दुवै आयोजनाले २०८० सालदेखि नै व्यापारिक उत्पादन गरिरहेका छन् ।

२० मेगावाट क्षमता सहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य ऊर्जा उत्पादन गर्ने कम्पनी हो । आयोजना ४३ विगाहा क्षेत्रमा फैलिएको छ ।

गत पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ९६ रुपैयाँ ८२ पैसा छ । प्रतिसेयर आम्दानी ३८ पैसा मात्रै छ । कम्पनी सञ्चित नोक्सानीमा छ । पुस मसान्तसम्म सञ्चित भएको नोक्सानी रकम २ करोड ३ लाख रुपैयाँ छ ।

कम्पनीले केयर रेटिङ्स नेपालबाट बीबी प्लस रेटिङ पाएको छ । यसले दायित्व पूरा गर्न मध्यमस्तरको रहेको जनाउँछ । कम्पनीको अध्यक्ष अक्षय गोल्याण हुन् । उनले ६४ प्रतिशत सेयर होल्ड गरेका छन् । कम्पनीको सीईओ प्रवीण अर्याल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?