+
+
Shares
फिल्म :

यस्तो देखियो सुरक्षा पन्त स्टारर ‘खेल’ प्रिमियर

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ११ गते १२:०८

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘खेल’लाई प्रिमियर गरिएको छ । बुधबार बेलुका क्यूएफएक्सको छायाँ सेन्टरस्थित हलमा आयोजित समारोहमा सेलिब्रेटीको खचाखच उपस्थिती रह्यो ।

प्रिमियरमा कलाकार सुरक्षा पन्त, हेना नगरकोटी, मोनिका थापा, निकिता आचार्य, समापिका गौतमसहित निर्देशकद्धय अनुराग प्रधान र आस्था श्रेष्ठ सहभागी रहे ।

प्रिमियरमा निर्देशक प्रधानले आफूले बलिउडमा सिकेको ज्ञान नेपाली फिल्ममा लगाएको बताए । अभिनेत्री पन्तले युवाले सच्चा मनले बनाएको बताउँदै यो फिल्म सफल हुनेमा विश्वास व्यक्त गरिन् । फिल्मले प्राप्त गरेको प्रतिक्रियाले आफू खुसी भएको उनले बताइन् ।

परम्परादेखि चल्दै आएका दन्त्य कथालाई समेटेर बनाइएको यो फिल्मको कथा र प्राविधिक पक्षको प्रशंसा भएको छ । सुरक्षासहित अन्य नयाँ कलाकारको अभिनयको पनि प्रशंसा भएको थियो ।

फिल्ममा मिथिला शर्मा, भोलाराज सापकोटा, सरिता गिरी, किरण श्रेष्ठको पनि अभिनय छ । यो फिल्मलाई सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?