+
+
Shares

पाकिस्तानी फिल्म र कलाकारलाई भारतमा फेरि रोक्न लागिएको हो ?

बुधबार फिल्म ‘अबिर गुलाल’लाई बहिष्कार गर्नुपर्ने माग गर्दै एक्स लगायतका सामाजिक संजालमा ट्रेन्डिङ चलेको थियो । फवाद अभिनित फिल्म भारतमा समस्यामा परेको यो पहिलो पटक होइन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ११ गते १३:३४
पाकिस्तानी अभिनेता फवाद खानको आगामी फिल्म ‘अबिर गुलाल’को एक दृश्य । पहलगाम आक्रमणपछि यो फिल्मको भारत रिलिज रोकिनसक्ने जनाइएको छ ।

मुम्बई । पाकिस्तानी अभिनेता फवाद खानको भारतीय फिल्ममा हुन लागेको पुनरागमनमा केही ढिलाइ हुनसक्छ । वर्षौंपछि उनको पहिलो हिन्दी फिल्म ‘अबिर गुलाल’ मे ९ मा रिलिज हुने तय भएको थियो ।

तर, केही दिनअघि २७ जनाको ज्यान जाने गरि भारत प्रशासित जम्मु कश्मिरको पहलगाममा भएको ‘आतंकवादी हमला’का कारण प्रदर्शक यो फिल्मलाई लिएर चिन्तित भएपछि प्रदर्शन मिति सार्ने मनस्थितीमा छन् ।

उक्त हमलापछि पाकिस्तानी कलाकार र उनीहरूका फिल्मलाई पुनः बहिष्कार गर्नुपर्छ भन्ने माग भारतमा उठ्न थालेको छ । यसको असर पाकिस्तानी अभिनेता फवादको प्रदर्शन तयारीमा रहेको फिल्मलाई हुने देखिएको छ । यो फिल्ममा वाणी कपुरको समेत अभिनय छ ।

बुधबार एक विज्ञप्तिमा, फेडरेसन अफ वेस्टर्न इन्डिया सिने एम्प्लाइजे भारतीय फिल्म र मनोरञ्जन उद्योगभित्रका सबै पाकिस्तानी कलाकार, गायक र प्राविधिकलाई पूर्ण असहयोग गर्न आग्रह गर्दै यसअघिको निर्देशनलाई पुनः दोहोर्‍याएको छ ।

‘यो निर्देशनको बाबजुद पनि, हामीलाई हिन्दी फिल्म, अबीर गुलालको लागि पाकिस्तानी अभिनेता फवाद खानसँगको हालैको सहकार्यको बारेमा जानकारी गराइएको छ । पहलगाममा हालै भएको आक्रमणलाई ध्यानमा राख्दै फेडरेसन फेरि एकपटक कुनै पनि भारतीय फिल्म वा मनोरञ्जन प्रोजेक्टमा भाग लिने सबै पाकिस्तानी कलाकार, गायक र प्राविधिकलाई पूर्ण बहिष्कार गर्न बाध्य भएको छ । यसमा संसारको कुनै पनि ठाउँमा हुने प्रदर्शन वा सहकार्यहरू समावेश छन्’ विज्ञप्तिमा भनिएको छ ।

४० जना सैनिक जवानको ज्यान जाने गरि पुलवामा आतंकवादी हमलापछि सन् २०१९ मा पनि संस्थाले यस्तै निर्देशनसहितको सूचना जारी गरेको थियो ।

बुधबार फिल्म ‘अबिर गुलाल’लाई बहिष्कार गर्नुपर्ने माग गर्दै एक्स लगायतका सामाजिक संजालमा ट्रेन्डिङ चलेको थियो । फवाद अभिनित फिल्म भारतमा समस्यामा परेको यो पहिलो पटक होइन । सन् २०१६ मा, उरी आतंकवादी हमलापछि, पाकिस्तानी कलाकारहरूलाई भारतीय फिल्म र संगीत उद्योगमा काम गर्नबाट प्रतिबन्ध लगाइएको थियो ।

त्यतिबेला भारतमा लोकप्रियता बढिरहेका बेला फवादलाई करण जोहरको फिल्म ’ए दिल है मुश्किल’ मा सहायक भूमिकाको लागि समस्या परेको थियो । जोहरले माफी मागे र भविष्यमा पाकिस्तानी कलाकारसँग काम नगर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?