+
+
Shares

काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ११ गते १४:१४

११ वैशाख, काठमाडौं । चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ ।

ढुंगेअड्डा पिपलबोटस्थित सडकमा बा. प्र.०३–०१–००५ ख ९७८६ नम्बरको बसमा आगलागी भएको हो । उक्त बस कलंकीबाट थानकोटतर्फ जाँदै थियो ।

बसको फाइबरमा तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

पाँचपोखरी यातायातको सार्वजनिक बसमा आगलागी भएपछि चन्द्रागिरी नगरपालिकाबाट दकमल मगाएर नियन्त्रणमा लिइएको बोहराले बताए । १ बजे लागेको आगो १ः२० मै नियन्त्रणमा लिइएको थियो ।

बस जलेर पूर्ण रुपमा क्षति भए पनि मानवीय क्षति भने हुन पाएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?