११ वैशाख, काठमाडौं । क्रिकेट खेलाडी सिद्धान्त लोहनीलाई नेपाल क्रिकेट संघले ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
क्यानका प्रवक्ता छुम्बी लामाले विज्ञप्ति जारी गर्दै लोहनीलाई उपचारका लागि ५ लाख रकम उपलब्ध गराउने निर्णय भएको जानकारी गराएका छन् ।
कुनै समय नेपालका लागि खेल्ने सम्भावना बोकेका सिद्धान्त अहिले चोटका कारण पीडामा छन् । सन् २०२३ मा जनकपुरमा भएको महेन्द्रनारायण निधी टी-२० राष्ट्रिय प्रतियोगिता खेल्दै गर्दा उनी फिल्डिङको क्रममा घाइते भएका थिए ।
भारतको गुरुगाउँमा घुँडाको शल्यक्रिया गराएका उनको उपचार अझै जारी छ । अहिले उनी थेरापी गरिरहेका छन् ।
सिद्धान्तले सन् २०१५ जुलाई १८ मा आईसीसी टी२० विश्वकप छनोट अन्तर्गत जर्सीविरुद्ध खेल्दै नेपालको सिनियर टिममा डेब्यु गरेका थिए ।
उक्त खेलमा उनले १६ बल खेल्दै २ चौका र २ छक्काको मदतमा २७ रन बनाएका थिए ।
प्रतिक्रिया 4