
११ वैशाख, काठमाडौं । लोकतन्त्र दिवसको अवसर पारेर नेकपा एमालेले आज भृकुटीमण्डपमा ‘युथ सेलिब्रेसन’ गरिरहेको छ । युथ सेलिब्रेसनका लागि देशभरिबाट एमालेका युवा काठमाडौं आएका छन् ।
सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी युवा वक्ताहरूले युथ सेलिब्रेसन सभालाई सम्बोधन गरिरहेका छन् ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार युथ सेलिब्रेसनमार्फत लोकतन्त्र र युवाको भूमिकाबारे सार्वजनिक विमर्श हुनेछन् ।
युथ सेलिब्रेसनलाई लोकतन्त्रको महत्त्व बुझाउनकै निम्ति आयोजना गरिएको एमालेको भनाइ छ ।
‘जनताले जितेको दिन’ भन्दै ११ वैशाखको दिन उत्सवको रूपमा कार्यक्रम आयोजना गरिएको एमाले प्रचार विभाग प्रमुख गौतमले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4