
११ वैशाख, काठमाडौं । भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुर्खेतको सिम्ता गाउँपालिका–४ का गोविन्द पोख्रेलको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेका छन् ।
सिम्ता गाउँपालिका–४ स्थित भेरी नदीमा पौडी खेल्ने क्रममा बुधबार ५८ वर्षीय पोख्रेल डुबेर बेपत्ता भएका थिए ।
खोजीमा परिचालित भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट खटिएको गोताखोर टोलीले बिहीबार दिउँसो ५० फिट गहिराइबाट शव निकालेको हो ।
नदीमा डुबेर बेपत्ता भएको खबर पाएसँगै खोजीका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेश चिप्ले सुर्खेतबाट टोली परिचालन भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
मलामी गएकाबेला पोख्रेल पौडी खेल्न नदीमा पसेका बेला बेपत्ता भएका थिए ।
प्रतिक्रिया 4