+
+
Shares

अन्नपूर्ण आधार शिविरमा राष्ट्रिय मारवाडी युवा संगठनको सरसफाइ

अभियान क्रममा झिनु डाँडादेखि अन्नपूर्ण आधार शिविरसम्मको सम्पूर्ण मार्गमा नवीकरण नुहने (नन–रिसाइकल) फोहोर संकलन गरी सरसफाइ गरिएको थियो।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ११ गते १७:१६

११ वैशाख, काठमाडौं । नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको आयोजनामा अन्नपूर्ण आधार शिविरमा पदयात्रा तथा सरसफाइ अभियान सफलतापूर्वक सम्पन्न भएको छ ।

संगठन अध्यक्ष मनोज अग्रवालको नेतृत्व तथा उपाध्यक्ष एवं संयोजक नितेश महेश्वरीको समन्वयमा आयोजित उक्त अभियानमा ११ युवा र ४ युवती सहभागी थिए ।

अभियान क्रममा झिनु डाँडादेखि अन्नपूर्ण आधार शिविरसम्मको सम्पूर्ण मार्गमा नवीकरण नुहने (नन–रिसाइकल) फोहोर संकलन गरी सरसफाइ गरिएको थियो।

यो अभियानले पर्यावरण संरक्षण, पर्यटन मार्ग सफा राख्ने दायित्व र सामाजिक चेतना अभिवृद्धिमा महत्त्वपूर्ण सन्देश दिएको संगठनले जनाएको छ।

संगठनले आगामी दिनमा पनि यस्ता सामाजिक र पर्यावरणीय अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?