+
+
Shares
बक्सअफिस :

‘भूठान’लाई ११० शो, ‘खेल’ र ‘ओइ भुत्नी के’ले कति पाए ?

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ११ गते १७:१६

काठमाडौं । शुक्रबारदेखि नेपालका हलमा ३ नयाँ फिल्म प्रदर्शनमा आउँदैछन् । नेपालीभाषाका दुई फिल्म ‘खेल’ र ‘भूठान’सहित बलिउडको ‘ओइ भुत्नी के’ प्रदर्शनमा आउँदैछन् ।

भोलिदेखि आमिर खान र सलमान खान स्टारर क्लासिकल बलिउड फिल्म ‘अन्दाज अपना अपना’ पुनः प्रदर्शन हुँदैछ ।

प्रदर्शकले हरिवंश आचार्य स्टारर ‘भूठान’लाई ११० शो दिएका छन् । सुरक्षा पन्त स्टारर ‘खेल’ले ८७ शो पाएको छ । हिन्दी फिल्म ‘ओइ भुत्नी के’ले ‘४२ शो’ पाएको छ ।

यी फिल्मले पाएको यो शो संख्या सुखद हो । सकारात्मक समीक्षा प्राप्त गरेको खण्डमा राम्रो अकुपेन्सी प्राप्त गर्न सक्ने देखिन्छ ।

अहिले पनि हलमा अञ्जिला, लाज शरणम्, पिताम्बर, केशरी २, जाट लगायतका फिल्म प्रदर्शन भैरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?