+
+
Shares

शिक्षामन्त्रीले भने : अब बोल्नेभन्दा काम गर्ने हो, शिक्षकको माग वार्ताबाट समाधान गर्छु

‘भर्खर मन्त्रालयमा प्रवेश गरेको छु । शिक्षकको समस्याबारे जानकार छु । तर, सबै विषयमा जानकारी लिएको छैन । यो विषयमा पहिले जानकारी लिन्छु,’ उनले भने, ‘अब त बोल्ने भन्दा काम गर्ने हो । वार्ताबाट समस्या समाधान गर्छु ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ११ गते १७:३८

११ वैशाख, काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकको माग वार्ताबाट समाधान गर्ने बताएका छन् ।

मन्त्रालयमा बिहीबार पदभार ग्रहण गर्दै उनले आफू भर्खर मन्त्रालय आएकाले सबै जानकारी लिएर समाधान गर्ने बताए ।

‘भर्खर मन्त्रालयमा प्रवेश गरेको छु । शिक्षकको समस्याबारे जानकार छु । तर, सबै विषयमा जानकारी लिएको छैन । यो विषयमा पहिले जानकारी लिन्छु,’ उनले भने, ‘अब त बोल्ने भन्दा काम गर्ने हो । वार्ताबाट समस्या समाधान गर्छु ।’

मन्त्री पन्तले पहिलो निर्णय मन्त्रालयको कार्यविधि तयार गर्न समिति गठन गरेका छन् । मन्त्रालयको कार्यविधि तयार समितिलाई १५ दिनको समय दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?