+

नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीच हुने टी-२०आई शृंखलाको तालिका सार्वजनिक

२०८२ वैशाख  ११ गते १७:४२ २०८२ वैशाख ११ गते १७:४२
नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीच हुने टी-२०आई शृंखलाको तालिका सार्वजनिक

११ वैशाख, काठमाडौं । आगामी जुनमा स्कटल्याण्डमा हुने त्रिकोणात्मक टी-२०आई शृंखलाको तालिका सार्वजनिक भएको छ ।  क्रिकेट स्कटल्यान्डले आगामी जुनमा ग्लास्गोको क्लाइडसडेल क्रिकेट क्लबमा हुने शृंखलाको तालिका बिहीबार सार्वजनिक गरेको हो ।

नेपाल, नेदरल्याण्ड्स र आयोजक स्कटल्यान्डबीचको आईसीसी विश्वकप लिग २ शृंखलाअन्तर्गत ओडिआई खेलहरू सकिएपछि टी-२०आई शृंखला पनि हुनेछ ।

यस सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ । यस सिरिजले आगामी जुलाईमा हुने पुरुष टी-२०आई विश्व कप छनोट प्रतियोगिताको तयारीका लागि सहयोगी हुने अपेक्षा गरिएको छ।

सबै खेलहरू बेलायती समयअनुसार दिउँसो २ बजेदेखि सुरु हुने जनाइएको छ । जसअनुसार नेपाली समय साँझ ७:४५ देखि खेल सुरु हुनेछ ।

खेल तालिका :

आइतबार १५ जुन: स्कटल्यान्ड भर्सेस नेदरल्याण्ड्स

सोमबार १६ जुन: नेदरल्याण्ड्स भर्सेस नेपाल

मंगलबार १७ जुन: स्कटल्यान्ड भर्सेस नेपाल

बुधबार १८ जुन: नेदरल्याण्ड्स भर्सेस नेपाल

बिहीबार १९ जुन: स्कटल्यान्ड भर्सेस नेदरल्याण्ड्स

शुक्रबार २० जुन: स्कटल्यान्ड भर्सेस नेपाल

नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय