+
+
Shares

युरोप पठाउने भन्दै नेपाल ल्याएर ठगी गरेको आरोपमा पाँच बंगलादेशी नागरिक पक्राउ

पक्राउ पर्नेहरूमा ५० वर्षीय मोहमद मुस्ताफिजुर रहमान, ४१ वर्षीय मोहमद फर्साद हुसैन चौधरी, ४६ वर्षीय अबु युसुफ एमडी हान्सिफ र ४० वर्षीय अजिम मोलिक छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ११ गते १८:५७

११ वैशाख, काठमाडौं । युरोपका विभिन्न देशहरू पठाउने भन्दै बंगलादेशी नागरिकलाई नेपाल ल्याएर ठगी गरेको आरोपमा सोही देशका पाँच जना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा ५० वर्षीय मोहमद मुस्ताफिजुर रहमान, ४१ वर्षीय मोहमद फर्साद हुसैन चौधरी, ४६ वर्षीय अबु युसुफ एमडी हान्सिफ र ४० वर्षीय अजिम मोलिक छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंका विभिन्न स्थानहरूबाट पक्राउ गरेको हो ।

उनीहरूले अस्ट्रेलिया, इटाली, स्पेन, फ्रान्स, सर्भिया, अल्बानियालगायतका देशहरूमा पठाउने भन्दै नेपाल ल्याएर ठगी गरेको आरोप छ । प्रतिव्यक्ति ३ हजार ५ सय अमेरिकी डलर लिएर आउन भन्दै नेपाल बोलाएर उनीहरूले ठगी गरेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता अंगुर जिसीले बताए ।

यो समूहले १३ बंगलादेशी नागरिकबाट ४५ हजार ५ सय अमेरिकी डलर लिएर ठगी गरेको बताइएको छ । यसैगरी यो समूहले अहिलेसम्म ३८ जनालाई ठगी गरेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?