+
+
Shares

सशस्त्र प्रहरीका १२ डीआईजीको सरुवा, को कहाँ ?

सशस्त्र प्रहरी बलका १२ जना डीआईजीहरुको सरुवा भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ११ गते १९:१०

११ वैशाख, काठमाडौं। सशस्त्र प्रहरी बलका १२ जना डीआईजीहरुको सरुवा भएको छ ।

सिफारिस सूची अनुसार गढीमाई बाहिनी मुख्यालय मकवानपुरका डीआईजी गणेश ठाडामगरको कार्य विभागमा सरुवा भएको छ । कार्य विभागका पुरुषोत्तम थापालाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबार पठाइएको छ ।

त्यसैगरी मुक्तिनाथ बाहिनी मुख्याल कास्कीका डीआईजी कुलबहादुर नेम्वाङको मानव स्रोत विभागमा सरुवा गरिएको छ । मानव स्रोत विभागमा रहेका दीपेन्द्र शाह नेम्वाङको ठाउँ मुक्तिनाथ बाहिनी मुख्याल कास्कीमा पठाइएको छ ।

बराह बाहिन मुख्यालय सुनसरीमा कार्यरत शम्भु सुवेदीको एपीएफ कमाण्ड तथा स्टाफ कलेज काठमाडौंमा सरुवा गरिएको छ । त्यहाँका डीआईजी अन्जनीकुमार पोखरेललाई गढीमाई बाहिनी मुख्यालय मकवानपुरको जिम्मेवारी दिइएको छ ।

छिन्नमसता बाहिनी मुख्यालय महोत्तरीका डीआईजी कालिदास धौबजीको प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ ।

सचिवालयका डीआईजी कुमार न्यौपानलाई बराह बाहिनी सुनसरीमा पठाइएको छ । बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका डीआईजी प्रदीप कुमार पालको वैद्यनाथ बाहिनी मुख्यालय कैलालीमा सरुवा गरिएको छ । वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका दीपक अधिकारीको मानव स्रोत विभागमा सरुवा गरिएको छ ।

सुरक्षा परिषद्का डीआईजी कृष्ण ढकालको छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा सरुवा गरिएको छ । मानव स्रोत विभागका डीआईजी दीपेन्द्र कुँवरको विन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीमा सरुवा गरिएको छ ।

 हेर्नुहोस् विज्ञप्ति : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?