+
+
Shares

अवैध विदेशी मुद्रा ओसारसोपार मुद्दाका फरार अभियुक्त ४ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ११ गते २१:४३

११ वैशाख, गोरखा। अवैध विदेशी मुद्रा ओसारपसार मुद्दाका कारवाही तोकिएका फरार अभियुक्त ४ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका वडा नम्वर २ ल्होका ४४ वर्षीय सोनाम दोर्जे लामा रहेको प्रहरीले जनाएको छ ।

उनलाई २०७८ साल असोज १० गते गोरखा जिल्ला अदालतले अवैध बिदेशी मुद्रा ओसारपसार मुद्दामा ११ लाख ६ हजार ७९० रुपैया जरिवाना तोकेको थियो ।

त्यसयता उनी फरार थिए ।  उनलाई पक्राउ गर्नका लागि जिल्ला प्रहरी कार्यालयले गठन गरेको फैसला कार्यान्वयन बिशेष टोलीले उनलाई बुधवार पक्राउ गरेको हो ।

जरिवाना भुक्तानका लागि लामालाई बिहीवार गोरखा जिल्ला अदालतमा बुझाइएको र जरिवाना रकम भुक्तान गर्न नसकेकाले उनलाई १० वर्ष कैदको आदेश गरी भुक्तानका लागि कारागार पठाइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?