११ वैशाख, काठमाडौं । प्रथम शेरबहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन नेपाल पुलिस क्लबले तीन स्वर्ण पदक जितेको छ । पुलिसका सोनिम मानन्धरले दोहोरो स्वर्ण हात पारे ।
काताको चार स्पर्धाम पुलिसले ३ र त्रिभुवन आर्मी क्लबले १ स्वर्ण पदक प्राप्त गरे । व्यक्तिगत काता पुरूषमा पुलिसका सोनिम मानन्धरले पहिलो स्थान प्राप्त गरे । सशस्त्र प्रहरी बल (एपिएफ) का मनिष कार्की दोस्रो भए । लुम्बिनीका वसन्त थारू र आर्मीका विनय लिम्बुले संयुक्तरुपमा तेस्रो स्थान प्राप्त गरे ।
नेपाल पुलिसले नै पुरूष टिम कातामा स्वर्ण जित्यो । स्वनिम मानन्धर, फुर्तेन तामाङ र जगत सिंह धानुक सम्मिलित टिमले स्वर्ण जितेको हो । सोनिमले टिम र व्यक्तिगत दुवैतर्फ स्वर्ण जिते । एपिएफ दोस्रो तथा वागमती र सुदुर पश्चिम प्रदेश संयुक्तरुपमा तेस्रो भए ।
महिला व्यक्तिगत कातामा पुलिसकी एलिसा रासकोटी मगरले स्वर्ण जितिन् । आर्मीकी सानुमाया थिङले रजत पदक हात पारिन् । एपिएफकी सन्जु देसार र कोशी प्रदेशकी सलिना जोशीले कास्य पदक हात पारे ।
महिला टिम कातामा त्रिभुवन आर्मीका सानुमाया थिङ, संगिता मगर र सुनिता सुनार सम्मिलित टिमले स्वर्ण जित्यो । सुदुर पश्चिम प्रदेश दोस्रो भयो । गण्डकी र कोशी प्रदेशले तेस्रो स्थानमा चित बुझाए ।
पहिलो दिन पुरूषतर्फ जुनियर कुमुतेमा दुई तौल समुहमा भएको प्रतिस्पर्धामा एपिएफले दुई स्वर्ण जित्यो । ५५ केजी तौल समुहमा एपिएफका गण्डकीका संगम राना मगरलाई १-० ले हराउँदै स्वर्ण हात पारे ।
महिला ५५ केजी तौल समुहमा पनि एपिएफकी सोनाम शेर्पा सफल रहिन् । उनले फाइनलमा मधेश प्रदेशकी पोरसिया चौधरीलाई पराजित गरिन् । यसअघि उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
यल कराते सितोरियो डोको आयोजना र प्रदेश खेलकुद विकास परिषद, वागमती प्रदेशद्वार प्रायोजित तीन दिने प्रतियोगितामा पुरूषमा ८६ र महिलामा ७५ गरी कुल १ सय ६१ खेलाडीको सहभागीता रहनेछ । पुरूषतर्फ १० र महिलातर्फ ९ गरी १९ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया 4