+

आईपीएलमा बेंगलुरुको छैटौं जित, राजस्थानको सातौं हार

२०८२ वैशाख  ११ गते २३:५३ २०८२ वैशाख ११ गते २३:५३
आईपीएलमा बेंगलुरुको छैटौं जित, राजस्थानको सातौं हार

११ वैशाख, काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा छैटौं जित निकालेको छ । बिहीबार भएको खेलमा बेंगलुरुले राजस्थान रोयल्सलाई ११ रनले हराएको हो ।

बेंगलुरुले दिएको २०६ रनको लक्ष्य पछ्याएको राजस्थानले पूरा २० ओभरमा ९ विकेट गुमाएर १९४ रन मात्र बनाउन सक्यो । यशश्वी जैसवालले ४९ तथा ध्रुव जुरेलले ४७ रन बनाए । नितिश रानाले २८ रन बनाए ।

यसपटक पनि राम्रो सुरुवातका बाबजुद राजस्थानले फिनिसिङ गर्न सकेन । पावरप्लेमा ७२ तथा १० ओभरको समाप्तिमा ११३-३ को अवस्थामा भएपनि त्यसपछि राजस्थानले लय गुमाएको थियो ।

अन्तिम ३ ओभरमा ४० रन आवश्यक रहँदा १८औं ओभरमा २२ रन आएपनि त्यसपछि हेजलवूडले शानदार बलिङ गर्दै १९औं ओभरमा १ रन मात्र दिएर २ विकेट पनि लिएका थिए जहाँबाट बेंगलुरुको जित पक्का भएको थियो ।

बेंगलुरुका लागि जोश हेजलवूडले ४ ओभरमा ३३ रन दिएर ४ विकेट लिए । क्रुनाल पान्ड्याले २ तथा भुवनेश्वर कुमार र यश दयालले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलुरुले २० ओभरमा ५ विकेट गुमाएर २०५ रन बनाएको थियो । विराट कोहलीले ७० तथा देवदत पडिक्कलले ५० रन बनाए । ओपनर फिलिप साल्टले २३ तथा टिम डेभिडले अविजित २३ रन बनाए ।

राजस्थानका लागि सन्दीप शर्माले २ विकेट लिँदा वानिन्दु हसरंगा र जोफ्रा आर्चरले १-१ विकेट लिए ।

यस जितसँगै ९ खेलमा १२ अंक भएको बेंगलुरु अंकतालिकामा तेस्रो स्थानमा उक्लँदा ९ खेलमा ४ अंक मात्र भएको राजस्थान आठौं स्थानमा छ । राजस्थानको प्लेअफ सम्भावना अब कठिन बन्दै गएको छ ।

आईपीएल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय