+
+
Shares

एप्पल र मेटामाथि युरोपमा १ खर्ब जरिवाना

एजेन्सी एजेन्सी
२०८२ वैशाख १२ गते ८:२२

युरोपेली युनियनले एप्पल र मेटा कम्पनीमाथि १ खर्ब रुपैयाँभन्दा धेरै जरिवाना लगाएको छ । समाचार अनुसार युरोपियन युनियनको प्रतिस्पर्धा विरोधी गतिविधिको नियामक निकायले एप्पलमाथि ५० करोड युरो र मेटामाथि २० करोड युरो जरिवाना लगाएको हो ।

ठूला प्रविधि कम्पनीहरुको पखेटा काट्ने दिशामा यो एउटा ठूलो कदम भएको बताइएको छ ।

युरोपेली युनियनको जरिवाना पश्चात् अमेरिका र युरोपबीचको सम्बन्ध प्रभावित हुनसक्ने बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै अमेरिकी कम्पनीहरुको विरुद्धमा जरिवाना लगाउने देशहरुमाथि भन्सार महसुल लगाउने धम्की दिएका थिए ।

एप्पल के भन्छ ?

युरोपेली युनियनको डिजिटल बजार कानून अन्तरगत उक्त जरिवाना लगाइएको हो । उक्त कानूनले बजारमा रहेका ठूला कम्पनीहरुको दबदबाको बीच साना कम्पनीहरुको प्रवेशलाई सुनिश्चित गर्दछ ।

आफ्नो कम्पनीविरुद्ध करोडौं युरो जरिवाना गर्ने इयूको कदमलाई चुनौती दिने एप्पलले जनाएको छ ।

एप्पलको तर्फबाट जारी गरिएको एक वक्तव्यमा भनिएको छ- आजको निर्णय युरोपेली आयोगको तर्फबाट एप्पललाई गलत तरिकाले लक्षित गर्ने कदमको एउटा अर्को उदाहरण हो । यो एउटा यस्तो श्रृंखलाको हिस्सा हो, जुन हाम्रा प्रयोगकर्ताको गोपनियता र सुरक्षाका लागि हानिकारक हुन्छ । यो हाम्रो प्रडक्टका लागि खराब छ र हामीलाई आफ्नो प्रविधि नि:शुल्क रुपमा दिनका लागि बाध्य पार्दछ ।

मेटाको भनाइ

उता मेटा कम्पनीले पनि युरोपेली युनियनको फैसलाको आलोचना गरेको छ । कम्पनीको तर्फबाट जारी विज्ञप्तिमा भनिएको  – युरोपेली आयोग सफल अमेरिकी व्यवसायहरुलाई अपांग बनाउने कोसिसमा लागिरहेको छ । जबकि चिनियाँ तथा युरोपेली कम्पनीहरुलाई फरक मापदण्ड अन्तरगत काम गर्न दिइएको छ ।

साथै मेटाले यो विषय जरिवानाको विषय मात्र नभएको भन्दै युरोपेली आयोगले मेटाको व्यवसायिक मोडेल परिवर्तन गर्न दबाब दिइरहेको बताएको छ ।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?