+

नेपाल ओलम्पिक कमिटीका १६ वटै बैंकखाता रोक्का

२०८२ वैशाख  १२ गते ८:५२ २०८२ वैशाख १२ गते ८:५२
नेपाल ओलम्पिक कमिटीका १६ वटै बैंकखाता रोक्का

१२ वैशाख, काठमाडौं । अवैधानिक घोषित नेपाल ओलम्पिक कमिटी (एनओसी) का विभिन्न ९ वटा बैंकमा रहेका १६ वटा खाता रोक्का भएको छ ।

ग्लोबल आईएमई, माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट मेगा, स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी एशिया, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल, एनएमबी र नेपाल बैंक लिमिटेडमा रहेका खाता रोक्का गरिएको हो ।

यसअघि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद (राखेप)को बोर्ड बैठकले एनओसीका बैंक खाता रोक्का गर्ने र एनओसीका पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाउन सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको थियो ।

त्यसपछि युवा तथा खेलकुद मन्त्रालयले राष्ट्र गत चैत १० गते राष्ट्र बैंकलाई पत्राचार गरी एनओसीका बैंक खाताको विवरण मागेको थियो । मन्त्रालयको माग बमोजिम राष्ट्र बैंकले वैशाख ३ गते एनओसीका विभिन्न नौ वटा बैंकमा १६ वटा खाता रहेको भन्दै ती खाताको विवरण पठाएको थियो ।

त्यसपछि वैशाख ७ गते ती सबै बैंकमा रहेका एनओसीका खाता रोक्नका लागि पत्राचार गरिएको थियो । खाता रोक्का भयो कि भएन भनेर अनुगमन समेत गरिएको थियो । वैशाख ११ गते ९ वटै बैंकले आफू मातहत रहेका एनओसीका खाता रोक्का भएको जानकारी खेलकुद मन्त्रालयलाई गराएका थिए ।

नेपाल ओलम्पिक कमिटी बैंक खाता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय