
१२ वैशाख, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले वैशाख ३० गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
नियामक बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्याउन कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ बराबरको २७ प्रतिशत अर्थात् १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यसपछि बीमा प्राधिकरणले तोकेको ५ अर्ब चुक्ता पूँजी पुग्नेछ ।
वैशाख ४ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । हकप्रद सेयरमा आवेदन दिने मिति जेठ १९ गतेसम्म तोकिएको छ । बिहीबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५०१ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4