+
+
Shares

प्रकृति नियमले चल्छ तर हामी नियतले चल्न खोज्यौं भने क्षति धेरै हुन्छ, सजग रहौं : गृहमन्त्री लेखक

‘प्राकृतिक विपद्को‍ जोखिमलाई न्यूनीकरण गर्न सरकार क्रियाशील’

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १२ गते ९:५१

१२ वैशाख, काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार सबैखालका प्राकृतिक विपदको जोखिमलाई न्यूनीकरण गर्न क्रियाशील रहेको बताएका छन् । साथै खोज, उद्धार तथा निर्माण र पुनर्निर्माणका लागि पनि प्रतिबद्ध रहेको उनले बताए ।

२०७२ सालको गोरखा भूकम्पको स्मृतिमा ललितपुर महानगरपालिकाले आज बिहान पाटन दरबार परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखकले आगामी दिनमा प्राकृतिक विपदबाट जोगिनका लागि र जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा बस्नुपर्नेमा जोड दिए ।

भूकम्पको पूर्वानुमान गर्न नसकिने भन्दै मन्त्री लेखकले जुनसुकै बेला भूकम्प आउनसक्छ भन्ने मानसिकता बनाएर बस्न र क्षतिबाट जोगिने तयारी गर्न जरुरी रहेको बताए ।

प्रकृति नियमले चल्छ तर हामी नियतले चल्न खोज्यौं भने क्षतिको जोखिम धेरै हुने भन्दै उनले प्रकृतिमैत्री गतिविधि हुनुपर्नेमा जोड दिए ।

गृहमन्त्री लेखकले मेयर महर्जनले ललितपुर महानगरपालिका क्षेत्रभित्र गरेका कामको प्रशंसा गर्दै त्यसलाई निरन्तरता दिन सुझाव समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?