+
+
Shares

भारत–पाकिस्तानको नियन्त्रण रेखा वरपर गोलीबारी

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १२ गते १०:१०

१२ वैशाख, काठमाडौं । जम्मु कश्मीरमा नियन्त्रण रेखा (एलओसी)का केही क्षेत्रमा पाकिस्तानी सेनाले गोलीबारी गरेको भारतीय पक्षले आरोप लगाएको छ । त्यसको जवाफ पनि भारतीय सेनाले फर्काएको भारतीय मिडियाहरुले जनाएका छन् । तर, त्यसबाट क्षति भयो कि भएन भन्ने विवरण आइसकेको छैन ।

भारतीय सेनालाई पाकिस्तानसँग जोडिएको सीमा क्षेत्रमा तैनाथी बढाइएको छ ।

भारत नियन्त्रित जम्मु कश्मीरको पहलगाम भन्ने स्थानमा मंगलबार दिउँसो पर्यटकलाई लक्षित गरी आतंकवादी हमला हुँदा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो । यो घटनापछि सीमा क्षेत्र वरपर सैनिक अप्रेसन जारी छ ।

सोही क्रममा पाकिस्तानी भूमिबाट पनि साना हतियारबाट गोलीबारी भएको भारतीय मिडिया हिन्दुस्तान टाइम्सले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?