
११ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ ।
आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको थियो ।
तर, सम्बोधन स्थगित भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका दलका नेता शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड संसदमा उपस्थित नहुने भएकोले प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो ।
देउवा थाइल्याण्डमा छन् भने प्रचण्ड गोरखा पुगेका छन् ।
आज प्रमुख दलका शीर्ष नेता बैठकमा सहभागी नहुने भएकोले बजेट अधिवेशनको पहिलो बैठकमा दोस्रो तहका नेताहरूले सम्बोधन गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4