
काठमाडौं । शुक्रबारदेखि देशभर दुई नेपालसहित ३ फिल्म रिलिज भएका छन् । नेपालका ‘खेल’ र ‘भूठान’सहित बलिउडको ‘ओइ भुत्नी के’ प्रदर्शनमा आएका छन् । बलिउडको क्लासिकल फिल्म ‘अन्दाज अप्ना अप्ना’ पुनः प्रदर्शन भएको छ ।
रिलिज भएका यी चारै फिल्मको अकुपेन्सी शुक्रबार मध्यान्हसम्म कमजोर देखिएको छ । दिउँसो १२ बजे अगाडिसम्म यी सबै फिल्मको अकुपेन्सी २ प्रतिशतभन्दा पनि तल छ ।
अपरान्ह र बेलुकीको अकुपेन्सीमा केही वृद्धि हुने यसअघिको अकुपेन्सी प्रवृत्ति हेर्दा बेलुकीपखको ‘फुटफल’ केही बढ्ला कि भन्ने अनुमान गर्न सकिन्छ ।
‘भूठान’ ११० शो, ‘खेल’ ८७, ‘ओइ भुत्नी के’ ४२ शोसहित रिलिज भएका हुन् । हलमा फिल्मको उपस्थिती र रिलिजपूर्वको हाइप हेर्दा यी फिल्मको शो संख्या सुखद हो । अब यी फिल्मको बक्सअफिस भविष्य बलियो ‘वर्ड अफ माउथ’मा मात्र टिकेको छ । यसका लागि पहिलो सप्ताहन्त महत्वपूर्ण छ ।
‘भूठान’ हरिवंश आचार्य अभिनित सोसल ड्रामा हो भने ‘खेल’ सुरक्षा पन्त स्टारर ‘मिथिकल’ र ‘थ्रीलर’ फिल्म हो ।
प्रतिक्रिया 4