
१२ वैशाख, काठमाडौं । बजारमा डल्ले च्याउको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको शुक्रबारको तथ्यांकले डल्ले च्याउको भाउ घटेको देखाएको हो ।
अहिले कालीमाटी बजारमा कन्य च्याउ, डल्ले, राजा र सिताके गरी चार थरीका च्याउ पाइन्छन् । च्याउको प्रकार हेरेर भाउ तोकिएको हुन्छ ।
आज डल्ले च्याउको भाउ थोकमा प्रतिकिलो ४० रुपैयाँ घटेको छ । बिहीबार डल्ले च्याउ किलोको ३ सय २६ रुपैयाँमा कारोबार भएको थियो । आज शुक्रबार २ सय ८६ रुपैयाँमा किनबेच भइरहेको छ
यस्तै बजारमा कन्य च्याउ १ सय ८६, राजा च्याउ २ सय ९० र सिताके च्याउ ७ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार पनि यी तिनै थरीका च्याउ यही मूल्यमा बिक्री भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4