
१२ वैशाख, काठमाडौं । बजारमा निगुरोको मूल्य घट्न थालेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले निगुरोको मूल्य क्रमशः घट्दो क्रममा रहेको देखाएको हो ।
आज शुक्रबार कालीमाटी बजारमा निगुरो किलोमा १० रुपैयाँ घटेको छ । हिजो बिहीबार निगुरो प्रतिकिलो ५५ रुपैयाँमा किनबेच भएको थियो । आज भने निगुरो प्रतिकिलो ४५ रुपैयाँ किनबेच भइरहेको छ ।
चैत २०८१ मा कालीमाटी बजारमा निगुरोको मूल्य थोकमा किलोको ८० देखि ९० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4