+
+
Shares
प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डर तयार :

१९ वैशाखमा नीति तथा कार्यक्रम, २८ मा प्रिबजेट

प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले १५ वैशाखसम्मको एउटा र १६ वैशाखदेखि ३१ वैशाखसम्मको अर्को क्यालेन्डर तयार पारेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १२ गते १३:०१

१२ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डर तयार भएको छ ।

संघीय संसद्‍को वर्षे अधिवेशन आज शुक्रबारदेखि सुरु हुँदैछ । आजदेखि यही ३१ वैशाखसम्मको क्यालेन्डर तयार भएको छ ।

प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले १५ वैशाखसम्मको एउटा र १६ वैशाखदेखि ३१ वैशाखसम्मको अर्को क्यालेन्डर तयार पारेको हो ।

क्यालेन्डर अनुसार बैठक आज बस्नेछ । त्यसपछि १४ र १५ वैशाखमा बस्नेछ । त्यसपछि अर्को बैठक १६ वैशाख बस्नेछ । त्यसपछि बस्ने १९ वैशाखको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।

नीति तथा कार्यक्रम संयुक्त सदनमा राष्ट्रपतिले प्रस्तुत गर्नेछन् । त्यसपछि २२, २३, २४, २५ २६, २८, ३० र ३१ वैशाखमा प्रतिनिधिसभाका बैठक बस्नेछन् ।

कुन दिन के विषय सदनमा अगाडि बढ्नेछन् भन्ने पनि प्रस्तावित छ । यसअनुसार २८ वैशाखमा प्रिबजेट छलफल सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?