+
+
Shares

‘सगरमाथा संवाद–२०२५’ मा सहभागी हुन विश्‍व नेतृत्व र विज्ञलाई बोर्डको आह्वान

आगामी सगरमाथा संवाद २०२५ प्रवर्द्धन गर्दै सम्मेलन क्रममा पर्यटन बोर्ड र पाटाबीच साझेदारी सम्झौता समेत भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १२ गते १३:१२

१२ वैशाख, काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले मे १६ देखि १८ २०२५ सम्म काठमाडौंमा आयोजना हुने ‘सगरमाथा संवाद–२०२५’ मा सहभागी हुन आग्रह गरेका छन् ।

टर्कीको इस्तानबुलमा २१ देखि २३ अप्रिलसम्म आयोजित ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) वार्षिक सम्मेलन २०२५’ लाई सम्बोधन गर्दै सीईओ जोशीले काठमाडौंमा हुने जलवायु परिवर्तन र दिगो भविष्य सम्बन्धी अन्तर्राष्ट्रिय छलफलमा विश्वव्यापी नेतृत्व र विज्ञलाई सहभागी हुन आमन्त्रण गरेका हुन् ।

आगामी सगरमाथा संवाद २०२५ प्रवर्द्धन गर्दै सम्मेलन क्रममा पर्यटन बोर्ड र पाटाबीच साझेदारी सम्झौता समेत भएको छ । जस अन्तर्गत ’टुरिज्म ह्वाइट पेपर’ निर्माण, संयुक्त फोरम स्थापनाका संस्था सुदृढीकरणका कार्यक्रममा सहकार्य गरिने छ ।

त्यसैगरी सीईओ जोशीले वैश्विक पर्यटन समुदायलाई विशेष अपिल गर्दै जुन ३ देखि ५ सम्म काठमाडौंमै हुने ‘हिमालयन ट्राभल मार्ट’ मा पनि सहभागी हुन अन्तर्राष्ट्रिय खरिदकर्ता र पर्यटन व्यवसायीलाई आग्रह गरे ।

यस मार्टमार्फत नेपालको विविध पर्यटन सम्पदा प्रवर्द्धन गर्नुका साथै विश्वव्यापी सहकार्य सञ्जाल विस्तार गर्ने उद्देश्य राखिएको छ ।

‘हिमालयन ट्राभल मार्ट केवल व्यापारिक भेला होइन, यो नेपालले दिन सक्ने अद्वितीय, अर्थपूर्ण र दिगो अनुभवहरूको उत्सव हुनेछ,’ जोशीले भने ।

‘सदाका लागि ज्ञान, भविष्यका लागि दिगोपन’ भन्ने मूलनारा साथ सम्पन्न पाटाको वार्षिक सम्मेलनमा नेपालका तर्फबाट ‘दिगो भविष्य निर्माण’ विषयमा मन्तव्य दिँदै सीईओ जोशीले नेपालको इको–टुरिज्म मोडेल, समुदाय–आधारित पर्यटन अभ्यास र प्रमुख दिगो पहलबारे जानकारी गराएका हुन् ।

उनले नेपालको प्राकृतिक, सांस्कृतिक र सामाजिक विविधतामा आधारित पर्यटन विकासको दृष्टिकोण समेत प्रस्तुत गरे । त्यसैगरी सीईओ जोशी नेतृत्वको बोर्डको प्रतिनिधिमण्डलले ‘ग्लोबल सस्टेनेबल टुरिज्म काउन्सिल’ का सीईओ डा. र्‍यान्डी डब्र्यान्डसँगको छलफलमा गन्तव्य प्रमाणीकरण, सदस्यता, अनुसन्धान तथा क्षमता अभिवृद्धि सम्बन्धमा सहकार्य विस्तार गर्ने सहमति गरेको छ ।

सम्मेलन अवधिभरि बोर्डको प्रतिनिधिमण्डलले पर्यटन विज्ञ, तथ्यांक वैज्ञानिक, आर्टिफिसियल इन्टिलिजेन्स (एआई) विशेषज्ञ तथा वातावरणविद्सँग विभिन्न छलफल र बैठक गरेको छ ।

सम्मेलन क्रममा नेपालको पर्यटन क्षेत्रलाई दिगो, तथ्यमा आधारित र विश्वसनीय गन्तव्यका रूपमा पुनस्र्थापना गर्ने रणनीति सुदृढ गर्ने विषयमा छलफल भएको बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?