+
+
Shares

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १२ गते १३:१८

१२ वैशाख, काठमाडौं । ७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

आज छैठौं अधिवेशनको पहिलो दिन हो । अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे बस्ने तय भएको थियो । निर्धारित समयमै सुरु भएको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्‍यहोरा पढेर सुनाए ।

त्यसपछि सभाध्यक्ष दाहालले पञ्चायत र प्रतिनिधि सभाका पूर्व सदस्य, पूर्व मन्त्री र हालको प्रतिनिधि सभा सदस्य दिपक बोहराको निधनमा शोक प्रस्ताव प्रस्तुत गरे ।

बोहराको निधनमा शोक प्रकट गरेपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको हो ।

अर्को बैठक यही वैशाख १४ गते दिउँसो सवा १ बजे बस्ने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?