+
+
Shares
बलिउड :

भारतले रोक्यो फवाद खानको फिल्म ‘अबीर गुलाल’, गीत युट्युबबाट हटाइए

कश्मिरको पहलगाममा २७ जना पर्यटकको ज्यान जाने गरि भएको आतंकवादी आक्रमणपछि आक्रोशित भारतले फिल्ममा रोक लगाएको हो । युट्युब इण्डियाले फिल्मका गीत प्लाटफर्मबाट हटाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १२ गते १३:३९
केही दिनअघि मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा फवाद खान र वाणी कपुर ।

मुम्बई । भारतको सूचना तथा प्रसारण मन्त्रालयले पाकिस्तानी अभिनेता फवाद खान अभिनित फिल्म ‘अबीर गुलाल’को प्रदर्शनमा रोक लगाएको छ ।

कश्मिरको पहलगाममा २७ जना पर्यटकको ज्यान जाने गरि भएको आतंकवादी आक्रमणपछि आक्रोशित भारतले फिल्ममा रोक लगाएको हो । युट्युब इण्डियाले फिल्मका गीत प्लाटफर्मबाट हटाएको छ ।

पहलगाम घटनापछि उत्पन्न परिस्थितीलाई ध्यानमा राख्दै सरकारले फिल्ममा रोक लगाउने निर्णय लिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

आक्रमणपछि फवाद खानको फिल्मलाई रोक लगाउनुपर्ने माग गर्दै सामाजिक संजालमा ट्रेन्ड चलेको थियो ।

फिल्मका प्रवर्धन सामाग्री युट्युबसहितका संजालमा भारतभर हेर्न नमिल्ने गराइएको छ । पहिले रिलिज भएका दुई गीतहरू- खुदा इश्क र अंग्रेजी रंगरासिया अहिले युट्युब इन्डियामा उपलब्ध छैनन् ।

सुरुमा, दुबै गीत प्रोडक्सन हाउसको आधिकारिक च्यानलका साथै संगीत अधिकार भएको कम्पनी सारेगामाको युट्युब च्यानलमा अपलोड गरिएको थियो । यद्यपि, दुबै भिडियो युट्युब इन्डियाबाट हटाइएको छ ।

निर्माताले पहिले नै घोषणा गरेअनुसार, अर्को गीत ‘तैन तैन’ पनि बुधबार रिलिज हुने भनिएको थियो । तर अहिलेसम्म, यो रिलिज गरिएको छैन र टोलीद्वारा कुनै आधिकारिक बयान पनि जारी गरिएको छैन ।

राज ठाकरेको नेतृत्वमा रहेको महाराष्ट्र नवनिर्माण सेनाले यो फिल्म रिलिजको विरोध गरेपछि ‘अबिर गुलाल’ पहिले नै आलोचित बनेको थियो । अप्रिल १ मा फिल्मको टिजर रिलिज हुने बित्तिकै बहिष्कारको आह्वान सुरु भयो । पहलगाममा भएको हमलापछि स्थिति झनै बिग्रियो ।

आरती एस बागडीद्वारा निर्देशित ‘अबीर गुलाल’ मे ९ मा रिलिज हुने तयारीमा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?